जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै

जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । आगामी १५ चैत देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा रहेका छन ।

त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । नेपाल बाहिर एउटा परीक्षा केन्द्र रहेको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन । जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका उनले जानकारी दिएका छन ।

केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ । जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो ।

उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ । परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको जानकारी दिएका छन ।

हुलाक मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन । विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो । तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उनले जानकारी दिएका छन ।