आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित

आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित


ग्लोब नेपाल
54
Shares

चेन्नई। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

यो जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । अब चेन्नईले आफ्नो तेस्रो खेल मार्च ३१ मा दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने छ ।

त्यसैगरी गुजरातले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । २ खेलमा गुजरातको २ अंक रहेको छ । अब गुजरातले आफ्नो अर्को खेल मार्च ३१ मा सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ ।