२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचिमा (सूचीसहित)

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचिमा (सूचीसहित)

परे विश्वको ५०० औं धनीको सुचिभित्र


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

ती कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । ‘कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।