व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग एनआरएनएले सहकार्य गर्ने

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग एनआरएनएले सहकार्य गर्ने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।

सो अवसरमा संघकी सचिव टीका गुरुङ, अधिकृत कुनाल मिश्रलगायत पनि उपस्थित थिए ।