इलाम–२ को उम्मेदवारमा सिफारिस भएकालाई छलफलमा बोलाए सभापति देउवाले

इलाम–२ को उम्मेदवारमा सिफारिस भएकालाई छलफलमा बोलाए सभापति देउवाले



काठमाडौं । इलाम–२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका छन् ।

इलाम–२ को उम्मेदवारका लागि भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम इलाम क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति हुँदै प्रदेशमा आएको नाम कोशीले गत चैत १० गते बेलुकी केन्द्रीय कार्यालयमा पठाएको थियो ।

कांग्रेसले उम्मेदवार तय गर्न आन्तरिक रूपमा ‘लोकप्रिय उम्मेदवार’ खोजी गरिरहेकाे छ ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।