कांग्रेस महामन्त्री थापाले संवाद यात्रा पुन: शुरु गर्दै

कांग्रेस महामन्त्री थापाले संवाद यात्रा पुन: शुरु गर्दै



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।

हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी उनले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको माघ २२ गते निधनपछि उनले यात्रा तत्कालका लागि स्थगित गरेका थिए ।

महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने महामन्त्री थापाको सचिवालयले जनाएको छ । संसद बैठक माघ १८ गते भएकाले संवाद यात्रा सो अघि नै सक्ने कार्यतालिका छ ।

उनी चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।