एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित



पाेखरा । नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बुधबार बिहान भएकाे मतदानकाे अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।

क्षेत्रीले ५५१ मत ल्याए भने उनका प्रत्यासी माधव बास्तोलाले ३४७ मत ल्याए । अध्यक्षका अर्का  प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए । 

अध्यक्षमा निर्वाचित भएका क्षेत्र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरूङनिकट हुन् ।

कास्कीमा बैनबहादुर प्यानलनै विजयी भएका छन् ।

उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । यी सबै अधिकारी समूहका उमेदवार हुन् ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।