काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गरेको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बुधबार ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन् ।
रास्वपाले गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवार बन्नका लागि नाम दर्ता गराएकाे जनाएकाे छ ।
चुनावमा भाग लिने उमेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन उनीहरूले उमेदवारी दिएका थिए ।
रास्वपाले प्रारम्भिक उमेदवारी उपरको दाबी विरोध गर्ने समय मिति भोलि दिउँसो १ बजेसम्म निर्धारण गरेको छ ।
आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ ।


प्रतिक्रिया