सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिका थप दुई मन्त्रीले पाए जिम्मेवारी

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिका थप दुई मन्त्रीले पाए जिम्मेवारी


ग्लोब नेपाल
108
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेपछि पनि उन्मुक्ति पार्टीका दुई जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

हिजो राति मुख्यमन्त्री कमलबहादुर शाहले दुई बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेका हुन् । लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

दुवैले आज कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्य पाँच जना मन्त्री नियुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा नयाँ गठबन्धनलाई समर्थन गरेको छ । त्यही अनुसार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेकी हुन् । तर, पार्टी संरक्षक रेशम चौधरी भने सुदूरपश्चिम सरकार नछोड्ने अडानमा छन् ।