राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा



काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । उनले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।

तर पछि गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भएपछि गरिएको नयाँ लिखित सहमति पत्रमा राष्ट्रिय सभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको थिएन ।