कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव तीन दिनपछि भेटियो

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव तीन दिनपछि भेटियो



सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका ३२ वर्षीय लोकेन्द्र शाहीको शव भेटिएको छ ।

उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली त्यसतर्फ गएको छ ।

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनको शव खोजतलासका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी सेना, र स्थानीय लागेका थिए ।

उनको शव तीन दिनपछि टिकापुर स्थित सनकट्टी घाट नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए ।

पुलबाट १७ जना हाम फालेका थिए । ती मध्ये १६ जना त्यही बेला निस्किए पनि शाही भने बेपत्ता भएका थिए ।