सभामुख घिमिरे स्वदेश फर्किए

सभामुख घिमिरे स्वदेश फर्किए



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।

अन्तर–व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् । 

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।

अन्तर व्यवस्थापिका सङ्‍घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।