गृहमन्त्री लामिछानेमाथि छानबिनको माग कायम

गृहमन्त्री लामिछानेमाथि छानबिनको माग कायम


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको माग कायम राखेको छ ।

शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा छानबिन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा भोलि (आइतबार) पदाधिकारी बैठक बसेर निर्णय गर्ने सुशीला थिङले जानकारी दिइन् ।

उनले भनिन्,’ हामी भोलि पदाधिकारी बैठक बस्छौँ । काँग्रेसले कुन पोजिसन लिने, छानबिन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा हामी भोलि छलफल गछौँ ।’