‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा

‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ । 

राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटरबाटो भित्रिएसँगै आएका परिवर्तनले ल्याउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ । 

यो फिल्म बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ । 

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । यो फिल्म नेपालमा भने आगामी जेठ १८ गतेदेखि प्रदर्शन हुदै छ ।