कांग्रेस नेतृत्वमा सरकार छिट्टै बन्ने शेखर कोइरालाको दाबी

कांग्रेस नेतृत्वमा सरकार छिट्टै बन्ने शेखर कोइरालाको दाबी


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । कांगेस नेता डा शेखर कोइरालाले केही महिनाभित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । हिजो शनिबार राजधानीमा विपी स्मृति सामुदायिक अस्पतालको १६औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताए ।

गठबन्धन टुटफुटको शृंखला संघबाट नभई सातवटा प्रदेशबाट सुरू हुने दाबी उनको थियो । ‘भोलि यही बागमती प्रदेशबाट शुरु हुन्छ । सातै वटै प्रदेशमा हुन्छ । केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ,’ कोइरालाले भने ।

कोइराला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण सत्तामा जाने प्रयास गरिराख्ने बताए । ‘हामी विपक्षमा छौं । हामी कोशिस गरिराखेका हुन्छौं, सत्तामा जानका लागि । त्यो स्वभाविक हो,’ उनले भने ।

उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी टिआरसी विधेयकमा एमाले सकारात्मक नभएकाले त्यसलाई पारित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेसँग गठबन्धन गरेको बताए ।

‘नेपाली काँग्रेस मानिहाल्छ भन्ने ठान्नुभयो,’ उनले भने, ‘तर, अदालतले दिएको निर्देशनलाई पालना गर्दै नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईट्स लगायका संस्थाहरूले भनेका क्राइटेरियालाई लिएर मात्रै अगाडि बढ्छौं ।’