महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस

महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस


ग्लोब नेपाल
135
Shares

काठमाडौं । महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रायालाई महालेखापरीक्षकमा नियुक्तको सिफारिस गरिएको हो । महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ ।

टङ्कमणि शर्मा दंगालको अवकाशपछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो । भदौमा माग गरिएको दरखास्तका क्रममा बहालवालादेखि पूर्व सचिवसम्मले इच्छा जताएका थिए । तर आवेदन परेको महिनौँसम्म पनि महालेखापरीक्षकको नियुक्ति हुन सकेको थिएन ।