काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलादेवी सिंह फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए ।
सभापति देउवाले कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिला दिदीबहिनीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गरे । उनले पार्टीमा आवद्ध महिलाहरुलाई अझ बढी सशक्तीकरण गर्दै नेपाली कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।
सभापति देउवाले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबीसमेत गरे । कांग्रेस पूर्णरूपमा समावेशी पार्टी रहेको उनको जिकिर छ ।
उनले नेपाली कांग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गरे ।
प्रतिक्रिया