इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ ।

इलाम माओवादी जिल्ला कमिटीले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

इलाम २ मा उको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हाे । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताएका छन् ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरिसकेको छ । नेपाली कांग्रेसले भने उम्मेदवार चुन्न मंगलबार बैठक बोलाएको छ ।