इलिक्सर एकेडेमी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता

इलिक्सर एकेडेमी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता


ग्लोब नेपाल
54
Shares

काठमाडौं । इलिक्सर एकेडेमी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन बीच सम्झौता भएको छ । काठमाडौं चाबहिल कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच विद्यालयमा आधुनिक तथा समयसापेक्ष शिक्षण सिकाइ गर्ने र गराउने सम्बन्धमा सम्झौता भएको हो ।

विद्यालयका तर्फबाट संस्थापक प्रधानाध्यापक रविन दाहाल र विश्वविद्यालयका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

परम्परागत शिक्षण विधिले विद्यार्थीहरूको सिकाइ उपलब्धि समयसापेक्ष बनाउन नसक्ने तथा विद्यार्थीहरुको पढाइमा अभिरुचि बृद्धि गर्नका लागि ‘स्टिम’ विधिलाई अझ प्रभावकारी रुपमा अवलम्बन गर्न लागिएको विद्यालयका संस्थापक प्रधानाध्यापक दाहालले जानकारी दिए ।

विश्वविद्यालय र विद्यालय बीचको सम्झौतामा हस्ताक्षर गर्दै निजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको डिन प्रा.डा.बालचन्द्र लुइटेलले बताए ।

समयसापेक्ष विश्वबजारमा दक्ष जनशक्तिको मागलाई ध्यानमा राख्दै गुणस्तरीय शिक्षाप्रदान गर्ने विद्यालयको लक्ष हासिल गर्न काठमाडौं विश्वविद्यालय र विद्यालयबीच सम्झौता भएको विद्यालयका कार्यकारी निर्देशक संगीतासिंह दाहालले बताए ।