उपनिर्वाचनबारे सभापति देउवाले लिए ग्राउड रिपोर्ट

उपनिर्वाचनबारे सभापति देउवाले लिए ग्राउड रिपोर्ट



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका सन्दर्भमा ग्राउड रिर्पोट लिएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा सोमबार अपराह्न सभापति देउवाले उपनिर्वाचनका सन्दर्भमा ग्राउड रिर्पोट लिएका हुन् ।

पदाधिकारीसहित शीर्ष नेताको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे लगायतले इलाम—२ र बझाङको ग्राउड रिर्पोट सुनाएका थिए ।

कांग्रेसले इलामको अध्ययन गर्न महामन्त्री शर्मा, सहमहामन्त्री आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापालाई खटाएका थिए ।

बझाङ प्रदेशसभा —१ को अध्ययन गर्न सहमहामन्त्री आङदम्बे, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पुगेका थिए । उनीहरुले विपक्षीका साथै पार्टी सबल र कमजोर पक्षको विश्लेषणसहितको रिपोर्ट प्रस्तुत गरेका थिए ।

कांग्रेसले इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार तय गर्न मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकले उम्मेदवार चयनको निर्णय गर्ने बताइएकाे छ ।