चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमति

चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमति


ग्लोब नेपाल
324
Shares

इस्लामबाद  । तरकारीमा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्। 

सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले आफ्नी श्रीमतिलाई छतबाट तल फालेका छन् ।

घटना पाकिस्तानको लाहोर सहरस्थित नोनारियन चोकमा भएको हाे । यहाँ शालिमार रोड नजिकै बस्ने मरियमलाई उनका श्रीमानले यही कारणले छतबाट फालेका हुन् । कुखुराकाे मासुमा खुर्सानी कम भएकाे आराेप लगाउँदै मरियमलाई छतबाट फालिएकाे हाे ।

यो डरलाग्दो घटनापछि त्यहाँ उपस्थित मानिसहरूले तत्काल महिलालाई नजिकको अस्पतालमा भर्ना गरेका थिए। हाल महिलाको अवस्था चिन्ताजनक छ । मरियमको खुट्टामा गम्भीर चोट लागेको छ ।

पाकिस्तानी मिडियाका अनुसार पुलिसमा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको छ । यति मात्र होइन अभियुक्त पनि पक्राउ परेका छन् । यसका साथै अधिकारीहरूले महिलाकी सासू र जेठाजुविरुद्ध पनि मुद्दा दर्ता गरेका छन्। सासुको नाम शाजिया र भाउजुको नाम रोमन रहेको बताइएको छ ।