एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित



सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । मंगलबार मध्याह्न सकिएको मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले ३४९ मत प्राप्त गरे ।

उपाध्यक्षमा अर्जुन भण्डारी ३४५ मत ल्याएर निर्वाचित भए । ४०३ मत ल्याएर कृष्णगोपाल तामाङ सचिवमा निर्वाचित भए । खुला उपसचिवतर्फ शिवहरि सापकोटा निर्वाचित भए। उनले ३६६ मत ल्याए । महिला उपसचिवतर्फ सुशीला पाख्रिन ४५६ मत ल्याएर निर्वाचित भइन् ।

उपाध्यक्ष, सचिव र दुवै उपसचिव नेपाल समूहका निर्वाचित भएका हुन् ।