काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम (विविध) पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।
खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ ।
उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको डिभिजन कमान्डर थिए ।
प्रतिक्रिया