बागमतीमा भागवण्डाको रडाको, मन्त्रालय फुटाएर मिलाउने प्रयास

बागमतीमा भागवण्डाको रडाको, मन्त्रालय फुटाएर मिलाउने प्रयास


ग्लोब नेपाल
432
Shares

काठमाडौं । बागमती प्रदेशमा मन्त्रालयको भागबण्डाको विषयमा विवाद देखिएको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भागबण्डाको विषयमा विवाद चुलिएको छ ।

विवाद मिलाउन मंगलबार दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण खनालबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । छलफलमा एमालेले आजै मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएको छ ।

तर, मन्त्रालयको संख्या बागमतीमा १२ वटा भएको तर एमालेलाई ४ वटा मन्त्रालय दिँदा संख्या १३ पुग्ने भएकाले अब के गर्ने भन्नेबारे छलफल केन्द्रित रहेको छ । एमालले आफ्नो सांसद सङ्ख्याको आधारमा पनि कम्तिमा पनि आफुले ४ मन्त्रालय पाउन पार्न अडान राखेको एमाले वागमतीका एक नेताले जानकारी दिएका छन ।

एमालेले ३ जनाको नाम सिफारिस गरेकोमा मुख्यमन्त्रीले ३ जनाको मात्रै नाम दिन आग्रह गरेका बताइएको छ । तर, एमालेले ४ वटैमा अडान राखेको तथा माओवादी र समाजवादीले पनि मन्त्री फिर्ता बोलाउन नसक्ने बताएकाले समाधानको उपाय खोज्ने काम भइरहेको छ । एमालेका चारै जनालाई शपथ गराउने र अन्य मन्त्रीलाई पनि ब्याक नगराइने हो भने एउटा मन्त्रालय फुटाउनुपर्ने बाध्यता एक नेताले जानकारी दिएका छन् ।

समग्र विषयमा छलफल भइरहेको र सहमति जुटाएर मन्त्रिपरिषद्लाई पूर्णता दिइने ती नेताले जानकारी दिएका छन् । आज मंगलबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी एमालेका ४ जनालाई मन्त्री नियुक्ति दिन एमालेले दबाब दिएको स्रोतले दिएको छ ।

एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गर्न सिफारिस भएको स्रोतले जानकारी दिएको छ । जसअनुसार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्यालयले पत्राचारको तयारी गरेको बताइएको छ ।