देउवालाई चेतावनी दिँदै निस्केका शेखरलाई शशांककाे समर्थन

देउवालाई चेतावनी दिँदै निस्केका शेखरलाई शशांककाे समर्थन



काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय बोर्डको बैठकमा नेता शेखर काेइरालाले सभापति शेरबहादुर देउवालाई जित्ने उम्मेदवारलाई टिकट नदिए पार्टीले क्षति ब्यहाेर्ने चेतावनी दिएका छन् ।

बैठकमा काेइरालाले भने, ‘जित्नेगरी टिकट दिनुस् होइन भने सबै जिम्मा तपाईंहरू लिनुस् ।’ यति भनेर शेखर बैठकबाट निस्किँदै गर्दा केन्द्रीय सदस्य शशांक काेइराला दाइकाे कुरामा मेराे पनि सहमति छ भन्दै सँगै निस्किए ।

‘पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरेको छ । फेरि तपाईंहरू हारेकोलाई टिकट दिन खोज्दै हुनुहुन्छ के गर्न खोजेको ? इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाइ टिकट दिनुभयो भने ठीक छ होइन भने हार जितको जिम्मा तपाईं लिनुस्’, शेखरले बैठकमा भनेका थिए ।