टर्कीको स्तानबुलस्थित नाइटक्लबमा आगलागीः २९ जनाको मृत्यु

टर्कीको स्तानबुलस्थित नाइटक्लबमा आगलागीः २९ जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको मस्सरेड नामक नाइटक्लब मर्मतका लागि दिउसो समय बन्द गरिएको थियो ।

बन्द रहेकै अवस्थामा दिउसो अचानक आगलागी भएको बताइएको छ । आगलागीको कारण अझै स्पष्ट नभएको स्तानबुलका गभर्नर दाउट गुलको भनाइ छ । गभर्नर गुलका अनुसार आगलागीमा ज्यान गुमाउनेहरु क्लबको मर्मत कार्यमा संलग्न रहेकाहरु नै रहेको अनुमान गरिएको छ ।

आगलागीको विषयमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि नाइटक्लबका प्रबन्धक र मर्मत संभारका लागि जिम्मेवारी व्यक्ति सहित ८ जनालाई पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । त्यस मध्ये तीन जनालाई हिरासतमा लिइएको छ ।