उपनिर्वाचनमा उम्मेदवार तय गर्न बसेकाे कांग्रेस बैठक अनिर्णित, भोलि फेरि बस्ने

उपनिर्वाचनमा उम्मेदवार तय गर्न बसेकाे कांग्रेस बैठक अनिर्णित, भोलि फेरि बस्ने



काठमाडौं । उपनिर्वाचनमा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक आज पनि अनिर्णित बनेको छ । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

इलाम- २ मा शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले भेषराज आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ भने सभापति शेरबहादुर देउवा भने डम्बर खड्कालाई टिकट दिनुपर्ने पक्षमा भएकाेले सहमत जुट्न नसकेकाे हाे ।

त्यसैगरी बझाङको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् भने शेखर पक्षले जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

यसअघि मंगलबार पनि उमेदवार छान्न बैठक बसेको थियो ।

कांग्रेस फेरि भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ । बिहीबारको बैठकमा उम्मेदवारका आकांक्षीहरुलाई पनि बोलाइएको छ । इलाम २ मा जिल्ला र प्रदेश समितिले ७ जनाको नाम सिफारिस गरेकाे थियाे ।