इलाम-२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

इलाम-२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने



काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमालेलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेबाट उम्मेदवार बन्नेका सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।

कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले केन्द्रको निर्णय भन्दै बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेका थिए । इलाम-२ मा उम्मेदवारका लागि सिफारिस भएका भएका माओवादीका नेता धिरेन्द्र शर्माले अब आफुले उम्मेदवारी नदिएर एमालेका उम्मेदवारलाई सघाउने बताए ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् ।