राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा एमालेले पाउने सहमति भइसकेकोले उम्मेदवार टुंगो लगाएकाे उनले बताए ।

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गर्दै आएकाे छ ।

राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।