उप तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिताको सहकारीमा छापा

उप तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिताको सहकारीमा छापा

मेयर बालेन गृहमन्त्रालयमा


ग्लोब नेपाल
837
Shares

काठमाडौं । आफ्नी श्रीमती उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाडौं महानगरपालिकाले छापा हानेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन ।

गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेको स्रोतले जानकारी दिएको छ । महानगरले बुधबार नै गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा छापा हानेको थियो। महानगरको छापालगत्तै लामिछानेले मेयर शाहलाई भेटका हुन्।

महानगरले छापा मारेर उक्त सहकारीको सफ्टवेयर नियन्त्रणमा लिएको थियो। बचतकर्ताको रकम फिर्ता नदिएको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महानगरसँग उक्त सहकारीबारे जानकारी मागेको थियो।