बक्यौता नतिर्ने स्थानीय तहका सडकको बत्ती जुनसुकै बेला काट्ने चेतावनी

बक्यौता नतिर्ने स्थानीय तहका सडकको बत्ती जुनसुकै बेला काट्ने चेतावनी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सडक बत्तीको बक्यौता रकम नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको हो ।

प्राधिकरणले यही चैत १६ गते सार्वजनिक सूचनामार्फत सबै स्थानीय तहलाई सडक बत्तीको बक्यौता तिर्न भनेको थियो । तर, केही स्थानीय तहले महसुल नतिरेको हुँदा जुनसुकै बेला सडकको बत्ती काटिने भन्दै प्राधिकरणले सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।