गायक तथा नेपाल आइडल रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

गायक तथा नेपाल आइडल रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रकृया अघि बढाएको हाे । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको छ । उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ ।