ललितपुर हात्तिवनस्थित कारखानामा आगलागीः १ जनाको मृत्यु

ललितपुर हात्तिवनस्थित कारखानामा आगलागीः १ जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्वर-२३ हातिवनस्थित एउटा कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

कृष्ण लोच्छे र भिम लोच्छेले संचालन गरेको सिगम मेटल ईण्डष्ट्रिजमा आज बिहान आगलागी हुँदा सोफामुनि सुतेको अवस्थामा अन्दाजी बर्ष ४५ को राजु ठकुरीको जलेर मृत्यु भएको हो ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । सो आगो ललितपुर महानगरका तीन वटा दमकलले नियन्त्रणमा लिएका थिए ।