सहकारीमा म ठगिएको छु, उठाइदिनेलाई अलिकति दिन्थें: श्रममन्त्री अर्याल

सहकारीमा म ठगिएको छु, उठाइदिनेलाई अलिकति दिन्थें: श्रममन्त्री अर्याल


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एक–दुई लाख इनाम दिने बताएका छन ।

आज शनिबार अर्यालले काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरेका छन् । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको बताएका छन ।

त्यसपछि संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर जाँदा आफूलाई नेतृत्व दिन नमानेपछि राजीनामा गरेर २३ लाख फिर्ता मागेको बताएका छन् । तर, उक्त रकम नपाएको उनले दाबी गरेका छन । आफूलाई हाम्रो नयाँ कृषि सहकारीमा मुछिएपछि मन्त्री अर्यालले जेल भर्नकै लागि अपराधै नगरी कस्डीमा जानु पर्छ भनेको खण्डमा जानु तयार उनले बताएका छन ।