जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ: पूर्वराजा शाह

जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ: पूर्वराजा शाह


ग्लोब नेपाल
189
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले नयाँ समझदारी, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको बताएका छन ।

आज शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले यस्तो बताएका हुन । उनले भने, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’

उनले अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले आफ्नै भूगर्भ भित्र अथाह धन भए पनि हामीहरु खानका लागि काम खोज्न भौतारी राखेको बताएका छन ।

उजले भने, ‘कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर खै ? त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ, ‘यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न पाएको छैन ।

राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफू जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नुपर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ ।’