कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन ओलीलाई गगनको चुनौती

कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन ओलीलाई गगनको चुनौती


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन । आज शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने पनि बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै थापाले कानुनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गरे । उनले प्रश्नभन्दा माथि कोही पनि नरहेको बताए ।

उनले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताएका छन । उनले सर्वसाधारणले गरेको ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने उनले बताएका छन ।

उनले सर्वसाधारणले गरेको कुनै किर्ते किर्ते नै हुने भएकाले शक्तिशालीको गरेको किर्ते पनि किर्ते नै हुने बताएका छन । उनले भने, ‘कानुनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्न भन्दा माथि कोही छैन ।

प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्न भन्दा माथि कुनै नेता छैन । प्रश्न भन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्न भन्दा माथि छैनन् । कोही पनि कानुन भन्दा माथि छैन ।

यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि सर्वसाधारणले गरेको कुनै काम किर्ते किर्ते हुन्छ भने शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुन्छ ।

एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए । उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिस्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरेका छन ।