दाङ । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।
नेपाल प्रेस यूनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकार गठनमा कांग्रेस एमालेसँग सहकार्य हुन सक्ने तर, चुनावमा कसैसँग गठबन्धन नहुने बताएका हुन् ।
कांग्रेसलाई धोका दिएर माओवादीले किन गठबन्धन तोड्यो भन्ने बारेमा अझै स्पष्ट नभएको भनाइ उनको छ । पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै उनले कांग्रेस-एमालेको नयाँ सरकार बनोस भन्ने सबैको चाहना भएकाले सोही अनुसार सहकार्यको सम्भावना बढेर गएको बताएका हुन् ।
प्रतिक्रिया