खगराजले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी

खगराजले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी



पोखरा । एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पेस गरेकाे दाबी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका छन् । उपनेता विन्दुकुमार थापाको नेतृत्वमा उनीहरू प्रदेश प्रमुख डिल्लीराज भट्टको सरकारी निवास पुगेका हुन् ।

कांग्रेसले दाबी गलत र असंवैधानिक भएकाेले मुख्यमन्त्री नियुक्ती रोकिनुपर्ने बताएकाे छ । गलत नजिर कायम गर्नु नहुने तर्क कांग्रेसकाे छ । प्रदेश प्रमुखलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट्ने कार्यक्रम छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर दाबी पेस गरेका हुन् । कांग्रेसले सभामुखले राजीनामा नदिई हस्ताक्षर दिन नमल्ने बताएको छ ।