तरुण दलको भवन निर्माणका लागि जुट्न थाल्यो सहयोग

तरुण दलको भवन निर्माणका लागि जुट्न थाल्यो सहयोग


ग्लोब नेपाल
621
Shares

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि श्रोत जुट्न थालेको छ । भवन निर्माणका लागि केन्द्रीय सदस्यहरुबाटै श्रोत जुटाउने नीति तरुण दलले लिएको छ ।

दलको केन्द्रीय कार्यसमितिको चैत १५ र १६ गते बसेको बैठकले गरेको निर्णयअनुसार केन्द्रीय सदस्यहरुबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ । दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिअनुसार शनिबार नेविसंघको पूर्वउपाध्यक्ष, तरुण दलको केन्द्रीय सदस्य तथा ओखल्ढुङ्गाबाट महाधिवेशन प्रतिनिधि नवीन राईले २ लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । यसैगरी रमेश गौतमले २ लाख ६० हजार १ सय ५, सरोजबहादुर शाहीले २ लाख ११ हजार १ सय ११, रत्नबहादुर महर्जनले १ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका छन् ।

यसै वर्ष केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न गरेर त्यही भवनमा महाधिवेशन सम्पन्न गर्ने तयारीमा तरुण दल जुटेको छ ।