प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा सभामुखले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग अहिले बैठक राखेका छन्।

सभामुख देवराज घिमिरेले डाकेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा सहभागी छन् ।

सभामुखले आफ्नो झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल गरेको सभामुखको सचिवालयलले जनाएको छ । हिजो प्रमुख ४ दलको बैठकमा संसद खुलाउने विषयमा सहमती जुट्न सकेको थिएन ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक काँग्रेसले अवरुद्ध गर्ने जानकारी गराइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसदीय छानवीन समिति बनाउनुपर्ने अडान राखेको छ ।