काठमाडौं । सभामुख र सत्ता पक्षका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको चार दलको बालुवाटार बैठक विना निष्कर्ष टुंगिएपछि सभामुख देवराज घिमिरेले सत्ता पक्षका नेताहरुसँग छलफल थालेका हुन् ।
संसद भवन, बानेश्वरमा जारी छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै सत्तारुढ दलका प्रमुख सचेतकहरु पनि सहभागी छन् ।


प्रतिक्रिया