काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेपछि उनिसहित केहि प्रदर्शनकारी पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । उनले प्रहरीले आक्रमण गरेर केही कार्यकर्ता घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया