गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

अधिकारीको नियुक्ति बदर माग गर्दै निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए ।

नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुनेभन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेशी तोकिएको छ ।

निवर्तमान मुख्यमन्त्री पाण्डे गण्डकीमा सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर (एमाले) संसदीय दलका नेता अधिकारी मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालत पुगेका हुन् ।

उनले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।