पिएसजीमाथि बार्सिलोनाको शानदार जित

पिएसजीमाथि बार्सिलोनाको शानदार जित


ग्लोब नेपाल
162
Shares

लन्डन । बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३-२ को अग्रता लिएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

एटलेटिको म्याड्रिड विजयी
एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए । यो जितपछि एटलेटिको म्याड्रिडले पहिलो लिगमा २-१ को अग्रता हासिल गरेको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा डोर्टमण्डको घरेलु मैदानमा हुने छ ।