कांग्रेसले चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ : ओली

कांग्रेसले चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ : ओली

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइन्छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए ।

अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप लगाए । बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो ।’

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।