सुन्तला राष्ट्रिय फल घोषणा

सुन्तला राष्ट्रिय फल घोषणा



काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो ।

सुन्तला मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल हो । यसको बोट ७.६ मिटर (२५ फिट)सम्म अग्लो हुन्छ । यसको ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन् ।

सुन्तला खेती गर्न ८०० देखि ४००० मिटरसम्मको उचाइ क्षेत्र राम्रो मानिन्छ । सुन्तलाको बोटले धेरै प्रकाश मन पराउँछ, तर अलिकति छाया पर्ने ओसिलो ठाउँका फलहरू अझ रसिला र ठूला आकारका हुन्छन् । पूर्व वा पश्चिम फर्केको पहाडी भिरालो जग्गा सुन्तलाखेतीका लागि राम्रो मानिन्छ ।