सिंहदरबारमा चारजना सचिवको सरुवा

सिंहदरबारमा चारजना सचिवको सरुवा



काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका चारजना सचिवको सरुवा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चार जना सविचको सरुवा गरेको हो ।

मन्त्रिपरिषद्ले बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई दिएको छ भने उक्त मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सचिवको पद रिक्त थियो । युवा मन्त्रालयका सचिव रबिलाल पन्थको यस अघि बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको निर्वाचन आयोगको सचिवमा सरुवा गरेको थियो ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ भने उक्त मन्त्रालयको सविचको जिम्मेवारीमा रहेका सचिव सुमनराज अर्याललाई अन्य निकायमा सरुवा गरेको छ ।