एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई बिजयी

एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई बिजयी


ग्लोब नेपाल
54
Shares

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन्  ।

अध्यक्षमा बिजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले  एक सय ८७ मतमा सिमित हुन पुगेका थिए । 

प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेका अनुसार उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भए भने सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका थिए । उपसचिवमा कविता राई र  जुद्धबहादुर पुलामीमगर चयन भएका छन ।