वासिंगटन डिसी । इरानले इजरायलमाथि हमला गर्न सक्ने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन् । तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाएका छन् ।
यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुनसक्ने जनाएका हुन् । इरान हमलाको डर बढदैँ जाँदा ‘छिट्टै भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उनले जनाएका हुन ।
इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर, इजरायलले त्यसलाइ स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाइ छ ।
अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ
प्रतिक्रिया