सुदूरपश्चिममा एकीकृत समाजवादी सत्ता गठबन्धनबाट अलग

सुदूरपश्चिममा एकीकृत समाजवादी सत्ता गठबन्धनबाट अलग


ग्लोब नेपाल
3.3k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सत्ता गठबन्धनबाट अलग भएको छ । नागरिक उन्मुक्ति पार्टीको रेश्म चौधरी समर्थित सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेर एकीकृत समाजवादी सत्ता गठबन्धनबाट अलग भएको हो । सुदूरपश्चिममा एकीकृत समाजवादीसँग चार सांसद छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँलाई काँग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् ।

आज सरकार दाबी गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठूलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको थियो ।